दक्षिण कोरिया जाने भारोत्तोलन टोलीको बिदाइ – HamroAwaj


२४ वैशाख, काठमाडौं । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्ने भएको छ ।

मे १३ सम्म हुने प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

पेरिस ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।

प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।





Source link

HamroAwaj

2023-05-07 20:11:34

Leave a Comment