२७ वैशाख, काठमाडौं । नेपालका दुई बक्सरले बंगलादेको ढाकामा हुने प्रो बक्सिङ खेल्ने भएका छन् ।
बंगलादेश प्रोफेसनल बक्सिङ सोसाइटीको आयोजनामा हुने ‘दी ग्रेटेस्ट शो’ नाम दिइएको इन्टरनेशनल बक्सिङ फेस्टिभल सिजन-३ न नेपालका पुरन राई र अजित थापा मगरले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिस्पर्धम यही मे १३ शनिवार ढाकास्थित जमुना फ्युचर पार्कमा हुनेछ । जहाँ नेपालका पुरन राईले ५८ केजी तौल समूहमा बंगालदेशका मोहोन अलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै अजित थापा मगरले ६३ केनी तौल समूहमा अब्दुल मोतालिबसँग खेल्नेछन् । नेपाली खेलाडीको प्रशिक्षकमा ललितपुरका प्रो बक्सर प्रभु दास थापा मगर छन् ।
नेपाली खेलाडी तथा प्रशिक्षकलाई बुधबार नेपाल प्रोफेसनल बक्सिङ कमिसन र म्याक्स बक्सिङ कमिसनले एक कार्यक्रमकाबीच बिदाइ गरेको थियो ।
म्याक्स बक्सिङ कमिसनका एमडी मुक्ति थापाले नेपाली खेलाडीलाई राम्रो प्रदर्शन गर्दै जितका लागि शुभकामना दिए । नेपाली टोली बिहीबार दिउँसो साढे १ बजे बंगलादेश प्रस्थान गर्नेछ ।
HamroAwaj
2023-05-10 18:25:53