२७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् ।
बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे ।
सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए ।
‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे ।
संसदमा राप्रपाको अवरोध जारी रहेका कारण बैठक अघि बढ्न सकेको छैन् ।
HamroAwaj
2023-05-10 11:18:19