खुमलटार विरुद्ध एनआरटीको उत्कृष्ट पुनरागमन जित – HamroAwaj


२९ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) टिमले शुक्रबार एफसी खुमलटार विरुद्ध दुई गोलले पछि परेको स्थिती उल्टाउँदै उत्कृष्ट पुनरागमन जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमा दुई गोलले पछि परेको एनआरटीले दोस्रो हाफमा तीन गोल गर्दै खुमलटारलाई ३-२ ले पराजित गरेको हो ।

खुमलटारका लागि स्टेफन समिरले ३२औं र राजिव लोप्चनले ३९औं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा अग्रता जोगाउन सकेन । एनआरटीले दोस्रो हाफमा पुनरागमन गर्‍यो ।

६२औं मिनेटमा विक्रम धिमाल र ६४औं मिनेटमा लालनुन्जामाले गोल गरेपछि एनआरटीले खेल बराबरी अवस्था पुर्‍यायो ।

८४औं मिनेटमा निकोलस सर्ज सोङले गोल गर्दै एनआरटीलाई ३ अंक दिलाए । यस सिजन पाँचौ जित निकालेको एनआरटी १७ खेलबाट २१ अंक जोड्दै नवौँ स्थानमा उक्लेको छ ।





Source link

HamroAwaj

2023-05-12 21:28:23

Leave a Comment