देउवा अनुपस्थित भएपछि कानुन समितिको बैठक गुप्ताको सभापतित्वमा सुरु – HamroAwaj


४ जेठ, काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ज्येष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएका छन् ।

समितिको आन्तरिक कार्यविधि र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने विषयमा छलफल गर्न बोलाइएको बैठकमा बोलाइएको थियो ।

जेठ २ गते देउवाले नै ज्येष्ठ सदस्यको हैसियतमा समितिको सभापतित्व गरेका थिए । सोही समितिको बैठकले आजका लागि बैठक बोलाएको थियो ।

तर देउवा अनुपस्थित रहेपछि बिहान साढे ८ बजे बोलाइएको बैठक समयमै सुरु हुन सकेन ।

देउवा अनुपस्थित रहने भएपछि समितिमा रहेका देउवापछिका ज्येष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बैठक सुरु भएको छ । गुप्ता नेकपा एमालेका सांसद हुन् ।





Source link

HamroAwaj

2023-05-18 09:41:14

Leave a Comment