संक्रमणकालिन न्याय टुंग्याउन एमालेको समर्थन हुन्छ : उपमहासचिव ज्ञवाली – HamroAwaj


७ जेठ, काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन एमालेको सहयोग रहने बताएका छन् ।

आइतबार १४औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रियामा उनले सरकारसँग अरु विषयमा असहमति भए पनि संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सहयोग रहने बताएका हुन् ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन प्रतिनिधिसभामा दर्ता गरेको छ र हाल संसदको विषयगत समितिमा छलफलको क्रममा छ। उपमहासचिव ज्ञवाीले विधेयकलाई टुंग्याउँदा दलहरुबीच पर्याप्त छलफल हुनुपर्ने र पीडितलाई न्याय हुनुपर्ने बताए ।

‘…धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ । यो विधेयक टुंग्याउँदा दलहरुको बीचको परामर्शलाई पर्याप्त बनाउनुहोस् तर सबैभन्दा ठूलो कुरा यहाँ अघि बसेका पीडितहरुको न्याय हुनुपर्छ । उहाँहरुको परामर्शमा ल्याएर मात्रै न्याय दिनेगरी ल्याइयोस्’ उनले भने ।

उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए।





Source link

HamroAwaj

2023-05-21 18:28:12

Leave a Comment