रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो – HamroAwaj


८ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ । लगनखेलको थटीटोलमा रहेको रथलाई तानेर जावलाखेल लगिएको हो ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ । मछिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आर्कषणका रूपमा लिइन्छ ।

भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरू जावलाेखल जाने छन् ।

ललितपुरको पुल्चोकमा बनाइएको रथमा  करुणामय रातो मत्स्येन्द्रनाथलाई राखेर पाटन घुमाइन्छ ।  पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गरिन्छ।

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमती लगिन्छ ।

 





Source link

HamroAwaj

2023-05-22 18:54:08

Leave a Comment