मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय – HamroAwaj


माओवादी केन्द्र संसदीय दलका नेता भरत कुमार साह

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकार छाड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।





Source link

HamroAwaj

2023-05-23 13:27:14

Leave a Comment