एमालेको अवरोधपछि स्थगित संसद बैठक ३ बजे बस्ने – HamroAwaj


१२ जेठ, काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक ३ बजे बस्ने भएको छ ।

नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।

एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएका कारण प्रतिनिधि सभाको बैठक ३ बजेका लागि सरेको हो ।





Source link

HamroAwaj

2023-05-26 14:56:16

Leave a Comment