मलेसियासँग टी-२० शृखंला खेल्न नेपाली महिला टोलीको बिदाइ – HamroAwaj


१२ जेठ,  काठमाडौं । मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंला खेल्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतले टोलीलाई बिदाइ गरेका थिए । नेपाली टोली भोलि शनिबार मलेसिया प्रस्थान गर्ने क्यानले जनाएको छ ।

झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लागेको नेपाली टोलीमा यस पटक तीन नयाँ अनुहारले स्थान बनाएका छन् ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा कृतिका मरासिनी, सम्झना खड्का र ईश्वरी विष्टले अवसर पाएका हुन् ।

नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखला मे २९ देखि जुन ४ सम्म हुनेछ । नेपाली महिला क्रिकेट टिमले गत वर्ष जुन १७ देखि २५ सम्म मलेसियामै आयोजना भएको एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेको थियो ।

नेपाली टिम : रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी





Source link

HamroAwaj

2023-05-26 22:06:19

Leave a Comment