हिमालयन शेर्पाले थ्री स्टारलाई हरायो – HamroAwaj


१२ जेठ, काठमाडौं । निशान लिम्बुले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन शेर्पाले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनका लागि निशानले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेका थिए । त्यही गोलले हिमालयनले ३ अंक जोड्यो ।

जारी लिगमा सातौं जितपछि २१ खेलबाट २९ अंक जोडेको हिमालयन छैटौं स्थानमा उक्लेको छ ।

पछिल्लो समय खराब प्रदर्शन गरिरहेको थ्री स्टार सातौं हारपछि २१ खेलबाट २६ अंकसहित नवौँ स्थानमा छ ।





Source link

HamroAwaj

2023-05-26 22:11:13

Leave a Comment