नवौँ राष्ट्रिय खेलकुदका लागि १२ उपसमितिको संयोजक र सचिव तोकिए

काठमाण्डाै – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका १४ उपसमितिमध्ये १२ वटा उपसमितिको संयोजक र सचिव तोकिएका छन् । गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि कार्यकारी समितिले १२ उपसमितिको संयोजक र सचिव तोकेको हो । समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले १२ उपसमितिको संयोजक र सचिव तोकिएको र बाँकी दुई … Read more

एन्फा कार्यसमिति बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ । ललितपुरकाे एन्फा मुख्यालयमा आज बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो । ढिलो गरी सुरु … Read more

आयरल्यान्डसँगको टी–२० श्रृङ्खलामा न्युजिल्यान्डका ब्रेसवेलले लिए करिअरको पहिलो ओभरमै ह्याट्रिक

न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डसँगको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ८८ रनले हरायो । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अलआउट भयो । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले आफ्नो टी–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक विकेट लिएका छन् । उनले १४औँ ओभरमा ह्याट्रिक विकेट … Read more

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

४ साउन, काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । च्याम्पियनसिपका लागि १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । थाइल्याण्ड जाने पुरुष खेलाडीमा रोशन तामाङ, रवीन भट्टराई, विजय … Read more

अर्जेन्टिनी फरवार्ड पाउलो डिबला रोमामा आवद्ध

४ साउन, काठमाडौं । अर्जेन्टिनी फरवार्ड पाउलो डिबला इटालियन क्लब रोमामा आवद्ध भएका छन् । युभेन्टससँगको ३ वर्षे सम्झौता सकिएपछि खाली रहेका डिबलालाई फ्रिट्रान्सफरमा जोसे मोरिन्होको रोमाले भित्र्याएको हो । रोमाले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत पाउलोलाई आबद्ध गरेको सुचना भिडियो मार्फत सार्वजनिक गरेको हो । उनले रोमामा आवद्ध भएपछि भावुक वक्तव्य दिएका थिए । ‘मैले … Read more

राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ मा

४ साउन,काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी भदौ ४ गते शनिबार नेपाल केनशिनकानको केन्द्रिय कार्यालय बनेपामा प्रतियोगिता हुने छ । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको सहयोगमा हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु, विभिन्न कराते संघ तथा डोजोबाट करिब २५० जना खेलाडी सहभागी हुने संघले जनाएको … Read more

प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् । पुबुदुले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेकाे छ ।  दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत … Read more

श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले ४ विकेटले जित्यो

काठमाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ । गाल्लेमा घरेलु टोली श्रीलङ्काले दिएको तीन सय ४२ रनको लक्ष्य पाकिस्तानले आज पाँचौँ दिनको खाना समयपछि ६ विकेट गुमाएर भेटायो ।  पाकिस्तानका लागि अब्दुल्लाह सफिकले नटआउट एक सय ६० रन बनाए । यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए । पाकिस्तानले आफ्नो … Read more

श्वेत गङ्गा हाइड्रोपावरको आइपिओ खुला

४ साउन ०७९,काठमाडौं । श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।कम्पनीले जारी पूँजी रु एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १ सय अङ्कित मूल्यका २३ लाख ८९ हजार … Read more

दक्षिण ललितपुरको आश्राङ स्वास्थ्य चौकीको भवन लथालिङ, कर्मचारी अभावका कारण सेवा बन्द

स्वास्थ्य चौकीको ढोका भत्केको झ्याल । ललितपुर खबर४ साउन ०७९, चापागाँउ । दक्षिण ललितपुरको आश्राङ स्वास्थ्य चौकीमा जव झरि पर्छ कोठाभित्र बसेर छाता ओड्नु पर्छ । छत चुहिएर कोठाभरिको पानी सोहर्न स्वास्थ्यकर्मीको काम हुन्छ । साँझ फर्कदा स्वास्थ्य चौकीको ढोका लगाउनु नै पर्दैन । झ्याल ढोका भत्केर ह्वाङै छ ।स्वास्थ्य चौकीमा काम गर्ने एक कर्मचारीका … Read more