तालमेल केका लागि हाे पहिले नै टुङ्गाे लाग्नुपर्छ : गगन थापा

तालमेल केका लागि हाे पहिले नै टुङ्गाे लाग्नुपर्छ : गगन थापा

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको सङ्घीय र प्रादेशिक चुनावमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल के का लागि हो पहिले नै टुङ्गो लाग्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले चुनावपछि र अगाडिको तालमेल असफल भएको बताउनुभयो । उहाँले … Read more

राप्रपामा थपिए ४९ केन्द्रीय सदस्य, पुराना नेता पनि फर्किए

राप्रपामा थपिए ४९ केन्द्रीय सदस्य, पुराना नेता पनि फर्किए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिमा ४९ जना थप गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा छोडेर गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङसमेत राप्रपा केन्द्रीय सदस्य भएका छन्। पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए। यसैगरी केन्द्रीय सदस्य हुनेहरुमा राजाराम श्रेष्ठ, … Read more

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।   बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले आज बेलुका समितिको म्याद सकिने र छानबिन निष्कर्षमा … Read more

संसदीय छानबिन समितिको बैठक: शर्मासँगको सोधपुछ सकियो

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

संसदीय विशेष छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको सोधपुछ सकाएको छ। शर्मासँग करिब तीन घण्टा सोधपुछ भएको थियो।   शर्माले बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई खासै प्रतिक्रिया दिएनन्। उनले आफूले समितिमा सबै कुरा राखेको र उहाँहरुले नै जवाफ दिने बताएका छन्। शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको छ। बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई … Read more

छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री शर्माको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गरेको छैन

छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री शर्माको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गरेको छैन

काठमाण्डाै – निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गर्नुभएको छ । बिहान संसदीय छानबिन विशेष समितिको बैठकमा बयान दिँदै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर नगरेको दाबी गर्नु भएको हो । आफूमाथि लागेको आरोपको खण्डन गर्दै उहाँले स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा नै बजेट निर्माण गरिएको … Read more

संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै

छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री शर्माको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गरेको छैन

काठमाण्डाै – संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ । बैठकले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिँदैछ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको हिजो बसेको बैठकले सोधपुछका लागि उहाँलाई आज बोलाउने निर्णय गरेको थियो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार यसअघिका बैठकमा अर्थ मन्त्रालयका … Read more

पोखराका मेयर धनराज आचार्यको सम्पत्ति ४३ करोड ६१ लाख रुपैयाँ

पोखराका मेयर धनराज आचार्यको सम्पत्ति ४३ करोड ६१ लाख रुपैयाँ

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण पोखरा महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको हो । मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६ सय १६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग गरी २ करोड ८५ … Read more

संसदीय छानबिन समितिको म्याद थप गरिने

संसदीय छानबिन समितिको म्याद थप गरिने

सरकारले आर्थिक वर्ष २०७९/८० बजेट ल्याउने क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले तोकिएको समयमा प्रतिवेदन दिन नसक्ने भएपछि यसको समयावधि थप गर्न लागिएको छ। अर्थमन्त्रालयसँग छानबिन समितिले जेठ १४ को सिसिटिभी फुटेज माग गरेको थियो। तर, जेठको फुटेज डिलिट भइसकेको बताएर मन्त्रालयले असारको फुटेज पठाएको छ। … Read more

एमाले मिसन: दुई पार्टी प्रणाली

एमाले मिसन: दुई पार्टी प्रणाली

संघीय संसद्को निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेका बेला एमालेले नेपालमा दुईवटा मात्रै पार्टी हुनुपर्ने धारणा राखेको छ। एमाले महासचिव शंकर पोखरेलले जति धेरै पार्टी भए, मुलुकमा त्यति नै धेरै अस्थिरता बढ्ने भएकाले राजनीतिलाई सही दिशातर्फ लैजान दुईवटा मात्र पार्टी भए उपयुक्त हुने बताएका हुन्।   पार्टी प्रचार विभागद्वारा बुधबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले भने, … Read more

ओलीको कटाक्षः रुखका पात जम्मा गरी अलिअलि डोकामा हालेर उफ्रिने?

ओलीको कटाक्षः रुखका पात जम्मा गरी अलिअलि डोकामा हालेर उफ्रिने?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा अरुको सहारामा १०/१५ सिट ल्याएकाले आफ्नो पार्टीको गलत प्रचार गरिरहेको बताएका छन्। बुधबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘अस्तिको चुनाव राम्रो भएन। तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन। १०–१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा। अर्काको रुखका पात जम्मा गरेर … Read more