शेयर बजार झन्डै ८ अङ्कले बढ्याे

शेयर बजार झन्डै ८ अङ्कले बढ्याे

काठमाण्डाै – शेयर बजार आज शुक्रवार झन्डै आठ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ९३ अङ्कले बढेर दुई हजार नौ दशमलव ४६ अङ्कमा पुगेको छ । आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता … Read more

अर्थ र राजस्व सचिवलाई हटाउन माग गर्दै रिट निवेदन दर्ता

अर्थ र राजस्व सचिवलाई हटाउन माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राज्यको गोप्यता उल्लंघन गरी अर्थतन्त्रमा असर पारेको र सिसिटिभी फुटेज मेटाउन सघाउने अर्थ र राजस्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दर्ता भएको छ। बिहीबार दर्ता गरिएको रिट निवेदनमा अर्थ मन्त्रालय जस्तो संवेदनशील निकायमा सिसिटिभी रेकर्ड गैरकानुनी तवरबाट मेटाई घटना दबाउने, प्रमाण मेटाउने काम राष्ट्रिय हितविरुद्ध, … Read more

बेरुजु रकम बढोत्तरी पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरै

बेरुजु रकम बढोत्तरी पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरै

सरकार हाँक्ने राजनीतिक दल र कर्मचारीमा वित्तीय अनुशासन नहुँदा बेरुजुको ग्राफ पाँच वर्षमै दोब्बर भएको छ। सरकार आफैंले बनाएका ऐननियमविपरीत बजेट खर्च गर्ने तर महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फस्र्योटमा लापरबाही गर्ने प्रवृत्तिले वार्षिक रूपमा बेरुजुको आँकडा बढ्दै गएको हो। महालेखाका अनुसार पछिल्ला पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरैले बढेको छ। आर्थिक वर्ष २०७३/७४ मा … Read more

नेपाली रुपैयाँ अमेरिकी डलरसँग इतिहासकै कमजोर भएको छ

नेपाली रुपैयाँ अमेरिकी डलरसँग  इतिहासकै कमजोर भएको छ

काठमाण्डाै – पछिल्लो समय विश्वभर डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्ने क्रम बढिरहेको छ । अमेरिकी डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ । पछिल्लो एक … Read more

नेप्से साढे १४ अङ्कले बढेर २ हजार विन्दुमा, २ अर्ब ४१ करोड रुपैयाँको कारोबार

शेयर बजार झन्डै ८ अङ्कले बढ्याे

काठमाण्डाै – लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर सामान्य बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । एक सय २० वटा कम्पनीका ६२ … Read more

लगानीकर्ता संगठनद्वारा धितोपत्र बोर्डको प्रशंसा, तत्काल नयाँ ब्रोकर लाईसेन्स खुलाउन माग

लगानीकर्ता संगठनद्वारा धितोपत्र बोर्डको प्रशंसा, तत्काल नयाँ ब्रोकर लाईसेन्स खुलाउन माग

ब्रोकर क्षेत्रमा फ्री इन्ट्री र फ्री एक्जिको नीति अबलम्बन गर्ने नेपाल धितोपत्र बोर्डको निर्णयलाई विभिन्न ३ वटा लगानीकर्ता संघहरुले स्वागत गरेका छन् । लगानीकर्ता संघहरुले बोर्डको उक्त कदम अत्यन्त सराहनीय र प्रशंसनीय रहेको उल्लेख गरेका छन् । नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र  नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त बक्तब्य जारी गर्दै धितोपत्र बोर्डलाई धन्यवाद ज्ञापन गरेका छन् ।  लगानीकर्ताहरूले विगत लामो समयदेखि नेपालको … Read more

नेप्सेमा आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

नेप्सेमा आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।  दुई संस्थाबीच बुधबार मर्जरमा जाने सम्झौता भएकोले नेप्सेमा कारोबार रोक्का भएको हो  । बुधबार २ संस्थाले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच १००:७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । जस अनुसार आंधीखोला लघुवित्तको १०० … Read more

शर्माको राजीनामा : भारतीय मिडियामा समेत बदनामी !

शर्माको राजीनामा : भारतीय मिडियामा समेत बदनामी !

जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको विषय भारतीय मिडियामा समेत चर्चाको विषय बनेको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएको र त्यसको सीसीटीभी फूटेज डिलेट गरेको आरोप लगेका शर्मामाथि छानबिन गर्नुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि उनले बुधवार राजीनामा दिएका थिए । बुधवार उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समितिसमेत गठन गरिएको छ । … Read more

हकप्रद निष्काशन गर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको तयारी, एलआईसी इण्डियाले दियो स्वीकृति

हकप्रद निष्काशन गर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको तयारी, एलआईसी इण्डियाले दियो स्वीकृति

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद निष्काशनको तयारी गरेको छ । कम्पनीमा ५५ प्रतिशत लगानी रहेको भारतीय कम्पनी ‘भारतीय जीवन बीमा निगम’ले हकप्रदको लागि रकम लगानी गर्ने निर्णय गरिसकेको छ । भारतीय जीवन बीमा निगमको गत सोमबार बसेको संचालक समितिको बैठकले नेपालमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा हकप्रदमा रुपमा १ अर्ब २७ करोड ७ … Read more

अपर सोलु हाइड्रोको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

अपर सोलु हाइड्रोको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको … Read more