प्रतिनिधि सभाकाे कार्यकाल आउँदाे चुनावकाे मनाेनयन दर्ता गर्ने दिनसम्म : सभामुख

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आउँदाे चुनावकाे मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको छ ।  आज सोमवार सिंहदरबारमा पत्रकारहरूसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल आउँदाे प्रतिनिधि सभाको चुनावका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको हो । उहाँले आइतवार प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, … Read more

सङ्घ र प्रदेश चुनावमा पनि तालमेल गर्ने कांग्रेसकाे निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदाे सङ्घीय र प्रदेश सभा चुनावमा पनि सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज साेमवार सम्पन्न बैठकले आउँदाे सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो । पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र … Read more

चुनावमा टिकट पाउँछु कि पाउँदिन भन्ने कुरालाई ठूलो विषय नबनाउनुस् : अध्यक्ष नेपाल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।  बाग्मती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज शुक्रवार उहाँले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि आग्रह गर्नुभयो । पहिलो काम कमिटी बनाउने, … Read more

उपसभामुख छान्न आज मतदान हुँदै, कांग्रेसकी भुसालको जित निश्चित

काठमाण्डाै – प्रतिनिधि सभाको उपसभामुख छान्न आज मतदान हुँदैछ । उपसभामुख छान्नको लागि प्रतिनिधि सभामा दिउँसो ३ बजे मतदान हुन लागेको हो । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिनुभएको छ । संसद्को अङ्क गणित हेर्दा उपसभामुखमा कांग्रेसकी नेतृ भुसालको जित निश्चित जस्तै देखिन्छ । प्रतिनिधि सभामा … Read more

भ्यूटावरबाट चुनावी भ्यू : ओलीको आँखामा रुख, अरुको आङमा घाम !

आफू र आफ्ना परिवार, आफन्त, नातागोता सबै सुखी भैसके ! आफू बसेको आसपास समृद्धि छाइसक्यो । पार्टीको नाम र नारामा समाजवाद जोडेपछि समुदाय र समाजमा समेत समाजवाद आइसक्यो । मतलब सबै नागरिक सुखी भए, देश पुरै समृद्ध भयो । सुख र समृद्धिले दुनियाँ हराभरा भएको र समाजमा हरियाली छाएको फेदमा बसेर देखिंदैन । फेदबाट हेर्दा जताततै … Read more

सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ लाग्ने, पहिलेभन्दा २ अर्ब २० करोड धेरै !

काठमाण्डाै – निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान प्रधानमन्त्री समक्ष पेस गरेको छ ।  आयोगले २०७४ सालको सङ्घ र प्रदेशको चुनावमा सात अर्ब ८० करोड रुपैयाँ खर्च भएकोमा यो पटक विविध कारणले खर्च बढेर १० अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो ।  कर्मचारीको तलब भत्ता, दैनिक भत्ता र … Read more