विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटाैँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डलाई ५ विकेटले हराएको … Read more

स्कटल्यान्डसँगको खेल जित्न नेपालले पायो १ सय ४५ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत  त्रिदेशीय एक दिवसीय श्रृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेल जित्न नेपालले १ सय ४५ रनको लक्ष्य पाएको छ । ग्लास्गोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो । उसका लागि गाभिन मेइनले उत्कृष्ट प्रदर्शन गरे । उनी ६४ रनमा नटआउट … Read more

स्कटल्यान्डसँगको खेलमा नेपाल पहिले बलिङ गर्दै

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । ग्लास्गोमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा छ । श्रृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल … Read more

विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाण्डाै – विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । यो खेलमा ओपनर आसिफ शेख र तीव्र गतिका बलरले राम्रो प्रदर्शन गरेपछि नेपालले पहिलो पटक स्कटल्यान्डलाई हरायो । यसअघि नेपालले एक दिवसीय र टी–२० खेलमा स्कटल्यान्डलाई हराउन सकेको थिएन। … Read more

आईसीसीको एक दिवसीय वरीयतामा नेपालको स्थान यथावत्

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । एक दिवसीयको अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल टी–२० वरीयतामा १३औँ स्थानमा छ ।  … Read more

विश्व कप क्रिकेट लिग–२ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर नामिबियासँग पहिलो खेलमा ४० रन र … Read more

खराब ब्याटिङ गर्दा नामिबियासँग नेपाल पराजित, अंक तालिकामा पछि पर्‍यो

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ। Source link

आज विश्व रङ्गमञ्च दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै – आज विश्व रङ्गमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो … Read more