गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहजिकरण र सिरानचोक गाउँपालिका, गोरखाको आयोजनामा कर्मचारी र जनप्रतिनिधीहरुका लागि क्षमता विकास कार्यक्रम  सम्पन्न भयो ।

शुक्रबार पोखरामा सम्पन्न कार्यक्रममा सिरानचोक गाउँपालिकाले आफ्ना स्थानीय तहका जनता र सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहलाई छिटो छरिटो र व्यवस्थित बनाउनुका साथै स्थानीय तहका योजना तर्जुमाहरुलाई व्यवस्थित र वडास्तरबाट पहिचान गर्ने उद्देश्यले यो क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको  थियो । सो तालिममा नेतृत्व विकास, कार्यालय व्यवस्थापनका आयम, विकास र विकास योजना, स्थानीय तहको योजना तर्जुमा र सभा संचालन जस्ता विषयवस्तुहमा सहजिकरण गरिएको थियो । सो तालिममा मुख्य प्रशिक्षकहरुको रुपमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना र प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गरेका थिए ।

उक्त कार्यक्रममा नमुना योजना निर्माण र गाउँसभा सञ्चालन गरिएको थियो । यो अभिमुखिकरण तालिमलाई अभ्यासमूलकरुपमा सञ्चालन गरिएको हुनाले टोल र वस्तीस्तरवाट योजना छनोट र प्राथामिकता निर्धारण गर्न सहजिकरण गर्ने कुरा तालिममा सहभागी जनप्रतिनिधीहरुले जानकारी दिनुभयो । यसरी योजना छनोट र निर्माण गर्दा वैज्ञानिक र यथार्थपरक हुनेका साथै जनताका विकास सम्बन्धी गुनासाहरुलाई सम्बोधन  गर्न सहज हुने तालिममा सहभागी एक जना कर्मचारीले बताए । उक्त तालिममा ८ वटा वडा रेहेको सिरानचोक गाउँपालिकाका ८ जना वडाध्यक्षहरु, २० जना वडा सदस्यहरु र १२ जना विभिन्न शाखाका शाखा प्रमुखहरु सहित ४० जनाको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0