संस्थाका  अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा गर्ने विभिन्न कार्यक्रम योजना तथा कार्यसूची सार्वजनिक गरेको छ  ।

देशैभर सङ्गठन निर्माण गर्ने योजनाका साथ सङ्गठन निर्माण गर्न बाँकी जिल्लाहरूमा शाखा निर्माणका साथ सदस्य वितरण गर्दै ,पहिला नै निर्माण  भैसकेका  जिल्लाहरूमा अधिवेशन सम्पन्न पश्चात् केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय बैठक कले गरेको छ  । त्यस्तै गरी  बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक दलहरूको भूमिका” विषयमा अन्तर्क्रिया कार्यक्रम असार तेस्रो हप्तामा सम्पन्न गर्ने निर्णय गर्दै संस्थाको उपाध्यक्ष डिल कुमारी पौडेलको संयोजकत्वमा दुर्गा कुँवर,धर्मराज बराल, कुमार भण्डारी र नीलकण्ठ त्रिपाठी सदस्य रहने गरी उप समिति निर्माण गरिएको छ ।

संविधान संशोधन सुझाव सङ्कलन तयारी समितिमा संस्थाको सल्लाहकार वरिष्ठ अधिवक्ता माधव बास्तोलाको संयोजकत्वमा डा. सञ्जय कोइराला,दिल कुमारी पौडेल,अधिवक्ता मिलन आले, अधिवक्ता शिव रेग्मी र मोहम्मद कामिल खानलाई जिम्मेवारी प्रदान गरिएको छ  ।  संस्थाको स्मारिका प्रकाशन  दसैँ तिहार अगाडि नै गर्नको लागि संस्थाको उपाध्यक्ष डा. सञ्जय कोइरालाको संयोजकत्वमा,प्रधान सम्पादक प्रा.डा. भीमनाथ बराल,सह संयोजक संस्थाको उपाध्यक्ष दिल कुमारी पौडेल,केन्द्रीय सदस्यहरू  विष्णु गुरुङ दुर्गा कुँवर र विष्णु पोख्रेल रहने गरी उप–समिति गठन गरिएको छ ।

त्यस्तै गरी उक्त बैठकले पृथ्वीनारायण क्याम्पसको राजनीतिशाश्त्र विषयको विभागीय प्रमुख नियुक्त  भएकोमा संस्थाका सल्लाहकार  प्राध्यापक लाल बहादुर कुँवरलाई सम्मान समेत गरेको छ  । साथै पृ.ना.क्याम्पसको वि.एल.एल.वी. को निर्देशक भएकोमा संस्थाका  सल्लाहकार प्रा.डा. भीमनाथ बराल ज्यूलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष सुवास ढुङ्गानाले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाण्डौंवाट एमफिल/ पिएच.डी गर्न को लागी सुरु गरेको भन्दै शुभकामना व्यक्त गरिएको छ । त्यस्तै गरी संस्थाको मिडिया पाट्नर पोखरा टेलिभिजनका का. वा अध्यक्ष प्रवेश चन्द्र उप्रेती ज्यूलाई विस्तारित बैठकमा आमन्त्रण गरी सम्मान समेत गरिएको  अध्यक्ष ढुङ्गानाले जनाकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0