चैत अन्तिम साता तेस्रो संस्करणको ‘सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ । पोखरा २७ को सूर्य तारा क्लबको आयोजनामा पोखरा महानगरपालिका २७ लेखनाथमा चैत्र २७ गतेदेखि ३० गतेसम्म उक्त महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरि जनाकारी दिएको छ ।

महोत्सवका मुख्य आकर्षणहरूमा सेभेन ए साइड फुटबल प्रतियोगिता, राष्ट्रिय खुल्ला महिला तथा पुरुष डोरीतान प्रतियोगिता, खुल्ला ‘स्लो’ महिला स्कुटर रेस, ७ किलोमिटर दौड तथा जातीय संघ–संस्थाको झाँकी प्रदर्शनी लगायतका कार्यक्रम रहेको प्रतियोगिता मुल समारोह समितिका संयोजक विष्णु पुनले जानाकारी दिए । महोत्सव सम्पन्न गर्न करिब ५७ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जानाकारी दिएको छ । गएका दुई संस्करणमा करिब १९ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको उल्लेख गर्दै यसपटक भने खर्च व्यवस्थापनसँगै केही रकम बचत गरी ऋण घटाउने लक्ष्य आयोजकले लिएको छ ।

सेभेन ए साइड फुटबल प्रतियोगितामा विजेताले २ लाख २ हजार २२२ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी, डोरी तान्ने प्रतियोगिताको विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । ‘स्लो’ महिला स्कुटर रेसमा प्रथम दितिय तथा तिर्तियले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

महोत्सवअन्तर्गत छात्र–छात्रा, खुल्ला पुरुष–महिला तथा भेट्रान समूहका लागि ७ किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरिनेछ। छात्र–छात्रातर्फ विजेताले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने खुल्ला तथा भेट्रानतर्फ क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी, जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीमा उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँसहित सम्मान गरिनेछ। खेल, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्य सहित आयोजना हुने यस महोत्सवले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0