आँफुहरु बसिरहेको बस्तीमा डोजर चलेपछि अनेत्र लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउने क्रम जारी छ ।काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन् । यी परिवारका ३ हजार ३ सय ६७ जना सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न अधिकारीहरुले जानाकारी दिए । नाम दर्ता गराएका मध्ये १५ सयको संख्यामा बालबालिकाहरु रहेको बताईएको छ ।

गत शनिबार बिहानैबाट सुकुम्बासी बस्ती खाली गर्न प्रहरीले माइकिङ गरेपछि उनीहरू डर र अन्यौलका कारण सामानसहित विभिन्न ठाउँमा सरेका थिए । अहिले उनीहरू सुकुम्बासीका रूपमा विवरण टिपाउन रंगशाला पुग्ने क्रम जारी रहेको छ । आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क संचालन गरेको छ । विवरण टिपे पछि विभिन्न पाँचवटा ’होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम पनि जारी छ । यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ । हालसम्म विवरण टिपाएकामध्ये कुन परिवार कुन बस्तीबाट आएको भनेर छुट्टयाएर हेर्न बाँकी रहेको अधिकारीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0