ढिकुरपोखरी समाज पोखराको आयोजना तथा प्रदेश सकार सामाजीक बिकास मन्त्रालयको आर्थिक समन्वयमा आधुनिक सूचना सञ्चार प्रविधि तथा साइवर सुरक्षा सम्बन्धित प्रशिक्षण कार्यकम सम्पन्न भयको छ ।

सनिवार पोखरामा सम्पन्न कार्यक्रको ऊद्घघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पछिल्लो समयमा साईवर असूरक्षाका कारण समाजमा बिभिन्न अपराधिक घटना घट्ने क्रम बढेको भन्दै यस्ता कार्यक्रमले सचेत बनाउने बताऊदै अबको आधूनिक यूगमा सूचना प्रविधिको दुरुपयोग बाट बच्नू पर्नेमा जोड दिनूभयो । कार्यक्रममा सहजिकरण गर्दै बरिष्ट प्रहरी नायब निरीक्षक होत बहादुर रोकायाले आधूनिक समयमा अपराधको शैली पनि फरक भएको बताऊदै आधूनिक प्रविधिको प्रयोग गर्दा बिशेष ध्यान पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्नू भयो ।

ढिकूर पोखरीसमाज का अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रा देबकोटा अधिकारी , माछापुच्छ्रे क्याम्पसका अध्यक्ष शिव सुवेदी , जिल्ला शिक्षा निर्देशनालयका उपसचिव घनश्याम पौडेले, अन्नपूर्ण गाउपालीका वडा नम्बर नं. २ का वडा अध्यक्ष पिताम्बर भण्डारी लगायतले बोल्नू भयको थियो । कार्यक्रममा ढिकूर पोखरी समाजमा आबद्ध एक सय जनाको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन सस्थाका सचिव गणेश अधिकारीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0