पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन को आयोजनामा यहि चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा ‘दोस्रो वडा अटो सो’ हुने भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो । वाडा अटो सो पोखराको पर्यटकीय केन्द्र लेकसाइडस्थित तालबाराही चोक स्थित खेल मैदानमा हुने छ । नाडा अटोमोवाइल एशोसियसन अफ नेपालको प्रस्तुतीमा हुने वाडा अटो शो मा २० वटा स्टलहरु रहने आयोजकले जनाएको छ । जहाँ १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहने अध्यक्ष कोइरालाले बताए । उनका अनुसार अटो सो एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।

अटो सो को अवसरमा कम्पनीहरुले विशेष छुट दिने जनाइएको छ । अटो सो मा प्रत्येक कम्पनीले ५० हजारदेखि एक लाखसम्म छुट दिने वाडाका महासचिव विनय थापाले जानकारी दिए । ‘त्यसबाहेक अन्य एसेसरिज, वीमालगायत पनि छुट दिइनेछ । अटो सोको अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिने जनाइएको छ । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना करीब १० वटा गाडीहरु प्रदर्शनीमा राखिने अध्यक्ष कोइरालाले बताए । त्यसबाहेक रोवोट प्रदर्शनीलगायत पनि अटो सो को आकर्षणका रुपमा रहने उनको भनाई छ । ‘अत्याधुनिक प्रविधि विकास एवम् नवप्रवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु पनि प्रर्दशनमा राखिनेछ’–उनले भने । उनका अनुसार युनी ट्री जि वान ह्युमानोइड रोबोट, युनीट्री गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिनेछ । ५ दिनसम्म चल्ने अटो शोमा ४५ हजारले अवलोकन गर्ने वाडाका उपाध्यक्ष निरन केसीले जानाकारी दिए । वाडा अटो सो मा प्रवेश शूलकका रुपाम लागि एक सय रुपैयाँ रहेको छ भने विद्यार्थीको हकमा ५० प्रतिशत छुटको ब्यवस्था मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0