जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको भन्दै नेपाली काँग्रेसले टिप्पणी गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गरेका हुन् । चालिसेले ले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण बिषयबस्तु प्रश्तुत गर्न नसकेको आरेप लगाए । चालिसेले प्रतिवेदनले २३ भदौको जेन–जी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट र पुर्ण रुपमा रूपमा समेट्न नसकेको भन्दै प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानूनविद्, प्रशासनका जानकार, जेन–जी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको उल्लेख गरे । उक्त वज्ञहरुको समितिमा अध्ययन गरी जेनजी जाँचबुझ आयोग र मानव अधिकार आयोगको प्रतिवेदनबारे आफ्नो आधिकमारिक धारणा सार्वजनिक गर्ने प्रर्वक्ता चालिसेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0