रुपा गाउँपालिकाले गरिबी निवारणको लागी दुग्ध उत्पादन परियोजना अन्तर्गत ८५ प्रतिशत अनुदानमा डेरी जन्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रवार रुपा गाउँपालिका वडा नम्बर ७ ठुलिबेसीमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।  हस्तान्तरण कार्यक्रममा बोल्दै  रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले किसानका विभिन्न समस्या समाधानका लागी पालिकाले विभिन्न योजना ल्याएको बताउनुभयो । साथै यस प्रकारका कार्यक्रम ११ स्थानमा  सम्पन्न गरेको बताउँदै मेहनत गर्ने किसान सँग  पालिका सधैँ साथमा रहने बताउनुभयो । किसानको न्यूनतम समर्थन मूल्य तोकेर किसानको लागत कम गर्ने काम पालिकाले गरेको उल्लेख गर्नुभयो  ।

सामाग्री ग्रहण गर्दे देउराली कृषक समूहका अध्यक्ष शङ्कर लाल श्रेष्ठले ११ जनाबाट सुरु भएको कृषक समूह हाल २० जनाको पुगेको बताउनु भयो । पालिकाले गरेका यस्ता कार्यक्रमले किसानमा हौसला मिलेको पुगेको बताउनु भयो । हाल यो समुहले दैनिक ३८० लिटर दूध उत्पादन गर्ने गरेको छ  ।

मुख्यमन्त्री साझेदारी कार्यक्रम अन्तर्गत मिल्क क्यान, चिलिङ भ्याट, गाई, कम्प्युटर, जेनरेटर  लगायत १५ लाख  बराबरका ११ प्रकारका सामाग्री हस्तान्तरण गरिएको ह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0