
पोखरा महानगर पालिका वडा नम्बर १४ बिपी मार्गमा अवस्थित कदम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि साथै सहकारीका ज्येष्ठ सेयर सदस्य मेखबहादुर भुजेलले एक व्यक्ति एक सहकारीको अवधारणा अन्त्रगत एउटै सहकारीमा काम गर्ने पद्धति बसाल्न सबै सेयर सदस्यहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा आर्थिक तथा सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष याम बहादुर शाहीले सहकारीलाई राम्रो बनाउने सबै सेयर सदस्यहरूको कर्तव्य भएकोले साधारण सभामा मात्र नभएर समय समयमा सहकारीका गतिविधिका विषयमा जानकारी तथा जिज्ञासा लिन आग्रह गर्नुभयो । सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सस्ताका सचिव राम प्रसाद पोख्रेलले साधारण सभामा वितरण गरिएको प्रतिवेदन सबै पढेर सुझाव तथा सल्लाह दिनको लागी सम्पूर्ण सेयर सदस्यलाई अनुरोध गर्नुभयो ।
२०७६ वैशाख ४ गते बिधिवत रूपमा दर्ता भई ११६ जना संस्थापक सेयर सदस्य बाट सुरु भयको सहकारीमा हाल २७० शेयर सदस्य रहेका छन् । हाल सस्ताको कूल पुजी ६ करोड ५३ लाख १७ हजार ५ रूपैया रहेको छ । कार्यक्रममा ऋण उपलब्ध समिति संयोजक कृष्ण बहादुर गिरी, गोकर्ण प्रसाद रेग्मी, कानुनी सल्लाहकार खगेन्द्र प्रसाद घिमिरे लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष मुना देवकोटाले कार्यक्रममा सहभागी सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी स्नातक तह पास गरेका सेयर सदश्यका छोराछोरी साथै बर्ष उत्कृष्ठ कारोवार, उत्कृष्ठ कर्मचारी लगायतलाई सम्मान समेत गरिएको थियो ।























