

गण्डकी प्रदेश सरकारका सबै मन्त्री परिवर्तन भएका छन् । आज मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराउनुभयो । नेपाली कांग्रेस र नेकपा एमाले बाट चार चार जना मन्त्रीले सफथ ललिनुभयो ।
मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हूनूभयको छ । त्यसै गरी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीको रूपमा नम्डु गुरुङले सफथ लिनुभएको छ। यसअघि अर्थमा कांग्रेस बाट डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री हरनुभएको थियो ।
त्यसै गरी नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्नुभएको छ ।
यसअघिको मन्त्रीमण्डलमा एमालेबाट कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री रहनुभएको थियो ।
























