पोखरामहानगर पालिका वडा नम्बर १४ ले नया बर्ष को आवसर पारी शूभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार वडा कार्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रम का प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गूरूङले नया बर्षले राष्ट्र निर्माणमा सकारात्मक सोच ल्याउदै जनतामा सूख शान्ती तथा समृद्धीको कामना गर्नुभयो । कार्यक्रमका सभापती वडा नम्वर १४ का वडाअध्यक्ष बोदबहादुर कार्कीले आगामी दिनमा मूलूकले २०८२ सालको जस्तो अकल्पनीय पिडा बोक्न नपरोस भन्दै मूलूकले धेरै आन्दोलन र बलिदानी दियकोले अबका दिनमा कसैले बलिदानी दिन नपरोस् भन्दै वडाबासी तथा समस्त नेपाली जनमा नया बर्षको शूभकामना ब्यक्त गर्नू भयो । कार्यक्रममा वडा नम्वर १४ मा रहेका बिभिन्न दल का प्रतिनिधि , टोल विकास सस्था तथा आमा समूह का प्रतिनिधि लगायत बिभिन्न संघ संस्थाको प्रतिनिधित्व रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0