
भिरकोट–पोखरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा भिरकोट–पोखरा सामिप्य सदनद्वारा सयुक्त रुपमा नयाँ वर्ष २०८३ सालको अवसरमा भित्ते पात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। पोखरा–१७ कास्की स्थित कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा भिरकोट जन्मिएर पोखरा बस्दै आऊनू भयका बिभिन्न ब्यक्तीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै आपसी सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त अवसरमा संस्थाले प्रकाशन गरेको नयाँ वर्ष २०८३ सालको भित्ते पात्रो औपचारिक रूपमा लोकार्पण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले नयाँ वर्षले सम्पूर्ण सदस्य तथा नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका नयाँ अवसर ल्याओस् भन्ने कामना व्यक्त गरेका थिए। संस्थाका प्रतिनिधिहरूले सहकारी अभियानलाई अझ प्रभावकारी बनाउँदै समाजमा सकारात्मक योगदान पुर्याउन प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
कार्यक्रमको संचालन सस्थाका सचीव प्रभा रेग्मिले गर्नु भएको थियो भने सस्थाका अध्यक्ष श्री लिला प्रसाद पङ्गेनिको अध्यक्षतामा कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो।


























