नेपाल डेरी एसोसयिसनले विश्व दुग्ध दिवसको अवसरमा पारि  विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यस वर्ष महिला कृषकहरूको सम्मान भन्ने दुग्ध दिवसको अन्तर्राष्ट्रिय नाराका साथ मनाउन गैरेको साताव्यापी कार्यक्रमको पहिलो दिन पोखरामा संचारकर्मीसग अन्तरक्रिया गरिएको छ । त्यस्तै जेठ १३ गते विद्यालय तथा युवा प्रतिभाहरूको सहभागितामा काठमाण्डौमा कविता प्रतियोगिता गरिनेछ ।  १४ गते काभ्रेमा उपभोक्ता सचेतना अभियान संचालन  हुने छ । त्यस्तै  जेठ १५ गते देखी १८ गतेसम्म  सात वटै प्रदेश तथा जिल्लामा दूग्ध क्षेत्रको प्रचार प्रसारका लागी विभिन्न प्रवर्द्धनात्मक गतिविधिहरू आयोजना हुने छन् भने १८ गते राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा विश्व दुग्ध दिवस २०८३ बृहत् कार्यक्रम आयोजना हुने नेपाल डेरी एसोसयिसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो ।
२०५५ सालमा स्थापना भएको यस संस्था हाल देशका २५ जिल्लामा फैलिएको छ । एसोसिएसनका देश भर साना, मझौला, ठुला तथा घरेलु डेरी उद्योग गरी ३ सय डेरी उद्योगहरू आबद्ध छन् । डेरी उद्योगीहरुको हक हित संरक्षण गर्नु दुग्ध क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा रोकावाला निकाय सँग समन्वय, संवाद ,बहस तथा पैरवी गर्नु सस्थाको मुख्य काम भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । निजी डेरी क्षेत्रबाट करिब ५० हजारको सङ्ख्यामा रोजगारी प्राप्त भएको तथा देश भर ६ लाख कुषक परिवारहरू यो पेसामा आश्रित रहेको दाहालले बताउनु भयो ।
दैनिक रूपमा ३१ हजार लाख लिटर दूधको आधामा झन्डै २० करोड १५ लाख रुपैंया बरावरको कारोबार हुने गरेको भन्दै यती ठुलो रोजगारी दिने क्षेत्रलाई राज्यले पर्याप्त रूपमा ध्यान दिन नसकेको भन्दै दाहालले गुनासो व्यक्त गर्नुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0