खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले स्तरीकरण गरेका होटेल लाई स्तरीकरण प्रमाण पत्र तथा लोगो वितरण गरेको छ । मङ्गलवार पोखरा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी  उक्त प्रमाण पत्र वितरण गरिएको हो ।

लोगो तथा प्रमाणपत्र लिदै टेम्पल ट्री होटेलका प्रतिनिधि रामकृष्ण कँडेलले अघिल्लो पटक टु स्टार पाएको बताउँदै अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सबै निर्देशन पुरा गर्न सफल भई  थ्रि स्टार प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले स्तरीकरणको यस्ता  कार्यक्रमले पोखराको  पर्यटन व्यवसायलाई  अझ मर्यादित र थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बत्ताउँदै आगामी दिनहरूमा पनि यस्ता खालका कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

होटेल एसोसियनका कोषाध्यक्ष मित्र पौडेलले पर्यटन व्यवसायलाई प्रभाकारी बनाउन पहिले त्यो ठाउँको खाने बस्ने व्यवस्था कस्तो छ  त्यसको मुख्य भूमिका हूने बताउँदै  गुणस्तर बुद्धि गर्नु भनेको पोखरामा पर्यटकको बसाई लम्ब्याउनु पनि भएकोले खाद्य गुणस्तरमा विशेष ध्यान पुर्‍याउनु पर्ने बताउनु भयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका कार्यालय प्रमुख बिजन श्रेष्ठले खाद्य स्वच्छता  मानिसको जीवनको महत्त्वपूर्ण पक्ष भएकोले सबैले खाद्य स्वच्छतामा विशेष ध्यान लिनु पर्ने बताउनु भयो । साथै श्रेष्ठले  किचनको स्वच्छताले मानिसको स्वास्थ्यमा ठुलो परिवर्तन ल्याउने भएकोले किचन सरसफाइ र स्वच्छतामा विशेष ध्यान पुर्‍याउनु पर्नेमा जोडिनुभयो । कार्यालयले सन्तोसजनक, उत्तम र अति उत्तम तिन तहमा बर्गिकरण गरी स्टिकर प्रदान गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0