राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको भन्दै बिहीबार आफ्नो बहस सकिएपछि आदेश आउने जानकारी दिनुभयो । गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले सभापति लामिछानेमाथि लागेको सम्पती शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिनुभएको थियो । युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मीसहित कानूनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता त्रिपाठीले यो निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0