
काठमाडौं उपत्यकासहित देशैभर वर्षा भैरहेको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण हाबाहुरी र चट्याङसहित देशभर बर्षा भएको जल तथा मौशम पुर्वानुमान महासमखाले जनाएको छ । मौसम विभागले पनि कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन–चट्याङ्ग–असिना–हावाहुरी सहित मध्यम वर्षा–हिमपातको सम्भावना रहेको बताएको थियो । कोशी र मधेस प्रदेको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर बर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ । तर बर्षले गर्द दैनिक जनजिवन प्रभाबित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























