
रुपा गाउँपालिकाले गरिबी निवारणको लागी दुग्ध उत्पादन परियोजना अन्तर्गत ८५ प्रतिशत अनुदानमा डेरी जन्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रवार रुपा गाउँपालिका वडा नम्बर ७ ठुलिबेसीमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले किसानका विभिन्न समस्या समाधानका लागी पालिकाले विभिन्न योजना ल्याएको बताउनुभयो । साथै यस प्रकारका कार्यक्रम ११ स्थानमा सम्पन्न गरेको बताउँदै मेहनत गर्ने किसान सँग पालिका सधैँ साथमा रहने बताउनुभयो । किसानको न्यूनतम समर्थन मूल्य तोकेर किसानको लागत कम गर्ने काम पालिकाले गरेको उल्लेख गर्नुभयो ।
सामाग्री ग्रहण गर्दे देउराली कृषक समूहका अध्यक्ष शङ्कर लाल श्रेष्ठले ११ जनाबाट सुरु भएको कृषक समूह हाल २० जनाको पुगेको बताउनु भयो । पालिकाले गरेका यस्ता कार्यक्रमले किसानमा हौसला मिलेको पुगेको बताउनु भयो । हाल यो समुहले दैनिक ३८० लिटर दूध उत्पादन गर्ने गरेको छ ।
मुख्यमन्त्री साझेदारी कार्यक्रम अन्तर्गत मिल्क क्यान, चिलिङ भ्याट, गाई, कम्प्युटर, जेनरेटर लगायत १५ लाख बराबरका ११ प्रकारका सामाग्री हस्तान्तरण गरिएको ह




























