कृषि तथा पशुपन्छी बिकास मन्त्रालय खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पोखरा कास्कीको आर्थिक बर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

बिहिबार पोखरामा सम्पन्न गोष्ठिमा कार्यालय प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिजन श्रेष्ठले प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, दमौली र बागलुङले गरेका गतिबिधीको प्रस्तुतिकरण गर्नूभयो । प्रमुख श्रेष्ठले पोखरा कार्यालयले यो अवधिमा गरेका अनुगमनको क्रममा ४१ नमुनामा ३ वटा नमुना प्रतिकुल देखिएको बताउनु भयो ।

तीन महिनाको अवधि भित्र पोखरा कार्यालयले ३५ हजार ५ सय २६ दमौलि कार्यालयले १ लाख ३६ हजार ८ सय ७० र बागलुङ कार्यालयले १ लाख १ हजार ५ सय मुल्य बराबरका प्रतिकुल देखिएका खाद्य उत्पादन नष्ठ गरेको जनाकारी दिनुभयो । साथै अनुमती, अनुगमन, निरिक्षण खाद्य तथा दाना नमुना संकलन , खाद्य ऐन अनुसार कारवाही लगायतका गतिबिधि कार्यालय मार्फत भैरहेको जनाकारी दिनुभयो ।

कार्यक्रममा योजना अनुगमन मुल्याङकन महासाखा प्रमुख प्रतिमा श्रेष्ठले उद्योग, सेवा प्रदायक, उपभोक्ता, जनप्रतिनिधि तथा संचारकर्मी सबैको साझा प्रयासले मात्र खाद्य स्वच्छताको क्षेत्रमा महत्वपुर्ण सफलता प्राप्त हुने बताउनु भयो ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोईरालाले मानवको दैनिकी संग प्रत्यक्ष जोडिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको सकृयताले खाद्य स्वचछतामा महत्वपुर्ण उपलब्धी हाँसिल हुने बताउनु भयो । साथै कोईरालाले खाद्य स्वच्छताको अभियानमा स्थानिय तहको सक्रियता बढ्न आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।

कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय दमौलि शाखा प्रमुख ज्योति आचार्य, बागलुङ शाखा प्रमुख सुमन लामिछाने, गण्डकी प्रदेश कृषि, भुमी ब्यवस्था तथा सहकारी मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत कुमार भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0