दक्षिण एशियाली ज्योतिष महासंघको सातौं केन्द्रीय महासभाले डा.सहदेव विष्टको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । महासंघको केन्द्रिय महाुचिवमा युवा ज्योतिषी अनुसन्धानकर्ता, रविन पंगेनी सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यसैगरी समितिको कोषाध्यक्ष पदमा आचार्य लक्ष्मण गौतम निर्वाचित भएका छन्। काठमाडौंको होटल पेन्सन वासनामा सम्पन्न महासभाले पंगेनीको नेतृत्व क्षमता, संगठन निर्माणमा पुर्‍याएको योगदान तथा ज्योतिष क्षेत्रको विकासमा देखाएको सक्रियतालाई मूल्याङ्कन गर्दै सार्क स्तरीय महासचिवको जिम्मेवारी प्रदान गरेको हो ।

महासभामा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका तथा दक्षिण एशियाका विभिन्न राष्ट्रका ज्योतिषविद्, वास्तु विशेषज्ञ, पञ्चाङ्गविद् तथा आध्यात्मिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महासभाले ज्योतिष विज्ञानको संरक्षण, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा युवा पुस्तामा ज्योतिषप्रतिको आकर्षण बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

नवनिर्वाचित महासचिव पंगेनीले ज्योतिषलाई केवल परम्परागत विश्वासको विषयका रूपमा नभई अनुसन्धान, दर्शन, संस्कृतिसँग जोडिएको वैज्ञानिक एवं आध्यात्मिक अध्ययनको क्षेत्रका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताएका छन्। उनले दक्षिण एशियाली राष्ट्रहरूबीच ज्योतिषीय ज्ञान आदान–प्रदान, संयुक्त अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0