पोखरा महानगर पालिका वडा नम्बर ५ प्रस्याङमा रहेको जनहित महिला समूहले आयोजना गर्न लागेको दोस्रो तीज गीत प्रतियोगिता स्थगित गरेको छ ।आगामी भदौ २१ गते सञ्चालन गर्न गइरहेको प्रतियोगिता देशमा आएको पछिल्लो बिपदलाई मध्यनजर गर्दै स्थगित गरिएको समूहका अध्यक्ष चन्द्रावती गैरे अधिकारी जानकारी दिनुभयो।

साथै उक्त कार्यक्रम गर्दा लाग्ने अनुमानित ८० हजार बराबरको खर्च रसुवा भोटेकोसी बाढीबाट प्रभावितहरूलाई प्रदान गरिने अध्यक्ष अधिकारीले जनाकारी दिनुभयो। मुलुक लाई अप्ठ्यारो पर्दा गरिने औपचारिक कार्यक्रमले खुसी दिन नसक्ने भन्दै यस्ता सहयोगले समस्यामा परेकाहरूलाई थोरै भय पनि दुखेको घाउमा मलहम लगाउन सहयोग पुग्छ भन्ने उद्देश्यले समूहले उक्त निर्णय गरेको अध्यक्षले जानकारी दिनुभयो। समूहले केही दिनमै बाढीबाट प्रभावित क्षेत्रमै पूगी सहयोग गर्ने योजना बनाएको पनि अध्यक्ष अधिकारी जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0