होटल व्यवसायी महासंघ नेपाको १३ औं वार्षिक साधारण सभा तथा ५ औं महाधिवेशन पोखरामा हुने भएको छ । आगामी चैत २७ र २८ गते हुन लागेको महाधिवशनमा देशै भरका ६० जिल्लाका १ सय संघबाट ५ सय प्रतिनिधि र २ सय पर्यवेक्षको सहभागिता रहने महासंघका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । साथै अध्यक्ष चुकेले गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछि देशले आमुल परिर्वतन चाहिरहेको आस्थामा पर्यटन एन नितीको शंसोधन, होटल ब्यवसायी आवद्ध संघहरु संग सहकार्य गरी पर्यटन आवद्ध सरकारी निकाय हरुले कार्यन्वयन तर्फ अगाडी बढाउन आजको मुख्य आवश्यकता रहेको बताए ।

महासंघका अनुसार देशभरका ७७ जिल्लामा करिब १ लाख ५० हजार भन्दा बढी होटल तथा रेस्टुरेन्ट व्यवसायी छन् । ‘महासंघको सुदृढता, व्यवसायिक समृद्धिको सुनिश्चितता’ भन्ने नाराका साथ हुने महाधिवेशनबाट महासंघले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले महासंघमा आबद्ध होटल व्यवसायीले करिब ५ खर्बको लगानी गरेको दाबी गरे । होटल व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट करिब २ खर्ब कर्जा कारोबार गरेको जानकारी दिँदै उनले होटल र रेष्टुरेण्टले वार्षिक रुपमा ६ खर्ब ६० करोड बराबरको कारोबार गरेको बताए । रोजगार पाएका १३ लाख ५० हजारको तलब सुविधामा २० अर्ब खर्च भएको दाबी गर्दै उनले सरकारलाई करवापत ६० अर्ब बुझाएको जानकारी दिए । उनले होटलमा दैनिक १० लाखलाई आवास सुविधा दिने बताए ।

२०६८ सालमा स्थापना भएको महासंघले साना, मझौला तथा ठुला होटल, रेष्टुरेण्ट, व्याङकेट रिसोर्ट, लज एवं क्याफे लगायत सेवा क्षेत्रका व्यवसायीलाई समेटेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0