होटल पौवाले ‘स्वाद उत्सव’ गर्ने भएको छ । आफ्‌नो स्थापनाको १० वर्षको अवसर पारी उत्सव गर्ने भएको हो । होटलले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी देशभर रहेका सम्पूर्ण शाखाहरूमा उत्सव गर्ने जानकारी दिएको छ । आगामी चैत्र २६, २७ र २८ गते तीन दिनसम्म पौवा पोखरामा उत्सव आयोजना गरिने होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उत्सवमा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढीलाई निमन्त्रणा गरिएको तथा पौवाको उत्कृष्ट अतिथ्यलाइ स्वीकार गर्दै धेरै पाहुना सहभागी हुने आयोजकको अपेक्षा छ ।

बार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरुसंग भावी रणनीति र विस्तार योजनावारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ । एक दशकसम्म प्राप्त विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो ।

होटल पौवा सन्जालमा हाल एक हजार भन्दा बढी कर्मचारी कार्यरत छन भने २५० भन्दा बढी लगानीकर्ता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथीलाई अव्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अधि बढाएको छ ।

रुपन्देहीको सालझण्डीस्थित एक घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका विभिन्न क्षेत्रमा विस्तार हुदै गएको छ । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ। “जहांबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल नाराका साथ अधि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृत तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0