नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिक बहादुर खत्री निर्वाचित हुनुभएको छ ।  नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल  र नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च साथै नेपाली काँग्रेस निकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहको  प्यानल नै निर्वाचित भएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले सङ्घका पूर्व महासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा सङ्घका पूर्व द्वितीय  उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको समूहलाई पराजित गर्दै खत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । खत्रीले ३४७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ र पाण्डे क्षेत्रीले १७० मत प्राप्त छन् ।

प्रगतिशील  प्यानलले  १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ जना र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ । एसोसिएसन प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल र दुई सदस्य गीता राउत र दीक्षा दाहालले  जित हासिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0