
रुपा गाउँपालिका कास्कीले चालू आर्थिक वर्ष ०८२ । ८३ को तेस्रो चौमासिक अवधिमा भए गरेका कार्यसँग सम्बन्धित रहेर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधवार वडा नम्बर एक मा रहेको सरस्वती आधारभूत विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा सेवाग्राहीले पालिकाबाट सेवा लिँदा भए गरेका विभिन्न सरोकारका विषयमा प्रत्यक्ष रूपमा जनप्रतिनिधि सँग प्रश्न उत्तर गरेका थिए । गाउँपालिकाले कृषि तथा भौतिक पूर्वाधारको क्षेत्रमा गरेका काममा सन्तुष्ट जनाउँदै बाँदर नियन्त्रण, सडक बत्ती सहकारीको संरक्षण र अनुगमनमा विशेष चनाखो हुनु पर्ने लगायत सुझाव दिएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । स्थानीय जनता बाट उठेका विभिन्न प्रश्नमा मुख्य जबाफदेहीको रूपमा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लाल सुब्बा गुरुङ प्रत्येक वडाका वडाध्यक्ष, विभिन्न शाखाका शाखा प्रमुखहरूले सहभागी बाट आएको विभिन्न जिज्ञासाको समाधान गरेका थिए ।
स्थानीय सरकार तथा प्रत्येक सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयले सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था रहेको छ । सेवा प्रदायक संस्थाले नागरिकप्रति उत्तरदायी भई कानुनी शासनको अवलम्बन गर्दै मानव अधिकारको सम्मान, भ्रष्टाचार रहित काम र सर्वसाधारण नागरिकको सक्रिय सहभागिता गराउने सार्वजनिक सुनुवाइको मुख्य उद्देश्य हो । कार्यक्रमको सहजीकरण पोखरा टेलिभिजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























